चितवन : आज विहिबार सार्वजनिक भएको एसईईको परीक्षामा यस वर्ष पनि नारायणी नमुना माविले एसईईमा उत्कृष्ट नतिजा हासिल गरेको छ । विगतमा जस्तै यसवर्षको एसईई परिक्षामा पनि सामुदायिक विद्यालय मध्यमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो। ४ जीपीए विद्यालयका विद्यार्थी प्रशान्त लौडारीले ल्याएका छन् भने अन्य विद्यार्थीको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयले जनाएको छ ।
३७४ जनाले एसईई दिएकोमा २ जना बाहेक सबै उतीर्ण भएका छन् । ३.६ देखि ४ जीपीए ल्याउने ६८ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने १०२ जना २.८ देखि ३.२ जीपीए ल्याउने ८९ जना, २.४ देखि २.८ जीपीए ल्याउने ६४ जना, २ देखि २.४ जीपीए ल्याउने ४० जना र १.६ देखि २ जीपीए ल्याउने ७ जना रहेको विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले जानकारी दिए ।
उनका अनुसार १.६ भन्दा कम जीपीए ल्याउने दुई जना विद्यार्थी छन् । गत वर्ष पनि नारायणी नमुना माविका एक विद्यार्थीले ४ जीपीए ल्याएका थिए । गत वर्षको जस्तै नतिजा यस वर्ष पनि विद्यालयले प्राप्त गरेको दुवाडीले बताए ।