एसईईको नतिजामा सुधार, माथिल्लो जीपीए ल्याउने बढे

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ ।चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी भएकोमा सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या एक लाख २ हजार २९३ रहेको छ । जुन कुल विद्यार्थी संख्याको २१.०९ प्रतिशत हो ।त्यसैगरी ०.८० देखि १.२ जीपीए ल्याउनेको संख्या दुई हजार २००, १.२ देखि १.६ सम्म ल्याउने ३८ हजार ७७०, १.६ देखि २ सम्म ल्याउने ८८ हजार ४४७ जना छन् ।
त्यस्तै, २.४० देखि २.८० जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ छ । ७२ हजार ३६२ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ७९ रहेको छ । २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।एसईईको नतिजामा झन्डै १४ हजार विद्यार्थीको ग्रेडिङ गरिएको छैन । कुल चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी भएकोमा १३ हजार ९९२ जना विद्यार्थीको ग्रेडिङ नभएको हो । जुन २.८९ प्रतिशत हुन्छ ।बोर्डका अनुसार आंशिक परीक्षा दिएका र अनुपस्थितहरूलाई ग्रेडिङ नगरिएको हो ।बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष एसईईको नतिजा गत वर्षको भन्दा सुधार भएको बताए ।
तपाइँको प्रतिक्रिया