भरतपुरमा यामाहाको रे-जेडआर माइलेज च्यालेन्ज सम्पन्न, ८० किलोमिटरसम्म माइलेज
चितवन – भरतपुरमा यामाहाले माइलेज च्यालेन्ज कार्यक्रम गरेको छ । नविन अटो सेन्टर नारायणगढको आयोजनामा यामाहा रे- जेडआर १२५ एफआई माइलेज च्यालेन्ज कार्यक्रम सम्पन्न भएको हो ।
माइलेज च्यालेन्ज एण्ड र्यालि कार्यक्रम लायन्सचोक नारायणगढ यामाहा स्वरुमबाट दासढुङा अशोका रिसोर्टसम्म पुगेको हो । कार्यक्रममा २१ जना प्रतिस्पर्धिको सहभागिता रहेको थियो ।
र्यालीको बिजेता प्रति लिटर ८० किलोमिटरका साथ पुष्पान्जली शर्मा बन्न सफल भईन्न । त्यसैगरी, प्रति लिटर ७४.३ किलोमिटरका साथ अमृता तिवारी फस्ट रनरप हासिल गरिन् भने राम बहादुर तमाङ प्रति लिटर ७४.१५ किलोमिटरका साथ दोस्रो भए ।
यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बीएस ६मापदण्ड अनुरूप, फ्युल–इन्जेक्टेड १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार आएको छ ।
तपाइँको प्रतिक्रिया