युवा रेडक्रस वीरेन्द्र क्याम्पसद्वारा प्राथमिक उपचार तथा बिपद् व्यबस्थापन तालिम

चितवन – वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राथमिक उपचार तथा बिपद् व्यबस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल वीरेन्द्र क्याम्पस भरतपुर चितवनको आयोजनामा आज (सोमबार) प्राथमिक उपचार तथा बिपद् व्यबस्थापन सम्बन्धी तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा रेडक्रसका प्रतिनिधिले विपद व्यबस्थापन सम्बन्धी तालिम दिएका थिए ।
सोही अवसरमा ९ विगाह परिषरमा प्राथमिक उपचार कक्षको उद्धाटन पनि भएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालबाट भएको थियो ।
युवा रेडक्रस वीरेन्द्र क्याम्पसका सभापति आयुष पौडेलको सभाअध्यक्षतामा सम्पन भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी क्यापसका प्रमुख दयाराम पौडेल, रेडक्रस चितवनका सह – मत्री महेश थपलिया, रेडक्रस सदस्य सारदा शर्मा, क्याप्पसका विद्यार्थी कल्याण प्रमुख टिकाराम रिजाल लगाएत प्रध्यापक र विभागीय प्रमुख विद्यार्थी संगठनका अध्ययक्षहरुको सहभागीता रहेको थियो ।
तपाइँको प्रतिक्रिया