नारायणी नमुना माध्यमिक विद्यालयमा गणित तथा विज्ञान प्रयोगशालाको उद्घाटन

चितवन – नारायणी नमुना माध्यमिक विद्यालयमा गणित तथा विज्ञान प्रयोगशालाको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम् भरतपुर नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले रिवन काटेर प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
विद्यार्थीलाई गणित सिक्न र बुज्न सहज होस् भन्ने उदेश्यका साथ उक्त प्रयोगशाला स्थापना गरिएको गणित हेड डिपार्मेन्ट राज कुमार कंडेलले जानाकारी दिए । उनले विद्यार्थीलाई हेरेर, आँफैले अभ्यास गरेर सिक्न सजह हुने बताए ।
भरतपुर महानगरपालिकाले महानगरका ५१ बिद्यालयलाई गणित प्रयोगशाला स्थापनाका लागि २-२ लाख सहयोग गरेको थियो । सोही अनुसार नारायणी नमुना माविले केही रकम थप गरेर प्रयोगशाला सन्चालनमा ल्याएको उनले जानाकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अध्यक्ष टेक बहादुर थापा, पुर्वशिक्षक गैंडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख डा. बाल कृष्ण चापागाई, पुर्वशिक्षक रमाकान्त सापकोटा, गणित शिक्षा परिषद केन्द्रीय सदस्य गुरु प्रसाद पौडेल, विद्यालयका गणित शिक्षक भेग लाल बराल, पुर्व शिक्षक अरुण कुमार, डिल्लिराज अधिकारी लगायत विद्यालयका गणित तथा विज्ञान विषय अध्यापन गराउने शिक्षकहरु उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया