रत्ननगरको कृषि सेवा केन्द्रमा वृक्षारोपण

रत्ननगर, – चितवनको रत्ननगर नगरपालिका वडा नं। ९ स्थित कृषि सेवा केन्द्र परिसरमा सोमवार वृक्षारोपण गरिएको छ ।
रत्नप्रिय क्लव रत्ननगर-९ र समुदायमा चोरी शिकार नियन्त्रण यूवा जागरण समिति रत्ननगर-६ बछौलीको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हरि ढकालले रोपिएको बोटबिरुवाहरुको संरक्षणमा जोड दिन आग्रह गरे ।
उनले भने, “बिरुवा रोपेर मात्रै हुँदैन हुर्काउनु चुनौती छ, हामीले वृक्षारोपण गरेर त्यतिकै छोडिदिन्छौं रोपिएको बिरुवाको संरक्षण गर्नुपर्छ
।”उनले वृक्षारोपणका साथै समय समयमा रोपेका विरुवाहरुको गोडमेल र त्यसको संरक्षण पनि आवश्यक रहेको बताए ।
रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले वातावरण सफा र स्वच्छबनाउनको लागि बृक्षारोपण नै सबैभन्दा महत्वपुर्ण भएकोले यस कार्यमा सबै लाग्नु पर्ने बताए । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बोट बिरुवारोपेर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले रुख रोप्नुपर्ने आवश्यक रहेको बताए ।
जिल्ला जडीबुटी सहकारी संघका अध्यक्ष दुर्गा सुवेदीले वृक्षारोपणले विश्व वातावरणलाई नै बचाउने आफुहरुको अभियान भएको बताए ।
जलवायु परिवर्तनका कारण नकारात्मक असर परिरहेकाले वातावरण संरक्षणका लागि तेजपत्ता, अमला, निम, जामुन, कपुर लगाएतका २५० वटा विरुवा रोपिएकोरत्नप्रिय क्लव अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा बालुवाटार बिपत व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेल, सामाजिक अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, नेपाल
लोकतान्त्रिक खेलकुद संघ चितवनका अध्यक्ष सुजन क्षेत्री, योगदान राष्ट्रको लागि रत्ननगरका अध्यक्ष लक्ष्मण पौडेल, एनिमल राईट्सका
प्रतिनिधि स्वराजन श्रेष्ठ, चितवन एनिमल सेभका प्रतिनिधि कल्याण श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
क्लबका सचिव विजय लामाले सञ्चालन गेको कार्यक्रम क्लबका अध्यक्ष रानामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया