बैंकका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति आयोः सोविता गौतम

काठमाडौं – प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सिर्जना भएको बताएकी छिन्।
प्रतिनिधि सभामा सांसद् गौतमले बैंकले ऋण दिने क्रममा ८/९ प्रतिशत ब्याज लगाउने र विस्तारै च्याप्ने गरेको बताएकी हुन्।
गौतमले भनिन्, ‘सुरुमा बैंकले ऋण दिने बेला ८/९ प्रतिशत ब्याज लगाएर दिन्छन्। तर, विस्तारै बैंकमा ब्याज १६ प्रतिशतसम्म पुर्याउँछ। यसको नियमन गर्न जरुरी छ। बैंकहरूका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सिर्जना समेत भएको छ।’
प्रतिनिधिसभा सरकारको कठपुतली नभएको बताइन्। गौतमले भनिन्, ‘सरकारले कुन कुन विषयमा विधेयक बनाउन चाहन्छ अधिवेशन सुरु हुनुभन्दा अगाडि सरकारले सांसद्लाई लिस्ट बनाएर दिनुपर्छ। यो सांसद्को विशेष अधिकार हो।’
तपाइँको प्रतिक्रिया