संसदको भूमिकालाई जनतासमक्ष पुर्याउन सभामुखको आग्रह

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन्।
शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको उद्घाटन गर्दै सभामुख घिमिरेले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पुर्याउने काम महत्वपूर्ण हुने बताए।
उनले सञ्चारमाध्यमसँग आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पारे। उनले संसदलाई गरिमामय बनाउनका लागि पनि सञ्चारमाध्यमले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्वपूर्ण रहेको बताए। उनले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको तर प्रतिनिधिसभामा गएर अघि बढन नसकेको बताए।
उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए।रासस
तपाइँको प्रतिक्रिया