नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । पहिरो पन्छाएर केहीबेर अघिदेखि एकतर्फी सडक सन्चालनमा ल्याइएको हो । पहिरोका कारण रोकिएकाहरुलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ ।
इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।
तपाइँको प्रतिक्रिया