मनोरञ्जन क्षेत्रमार्फत हुने मानव बेचबिखनमा भरतपुर महानगर तेस्रो स्थानमा

चितवन – भरतपुर महानगरपालिका पछिल्लो समय मनोरञ्जन क्षेत्रमार्फत हुने मानव बेचबिखनमा नेपालकै तेस्रो स्थानमा रहेको देखिएको छ । काठमाडौँ र पोखरापछिको मुख्य मनोरञ्जन व्यवसायको क्षेत्रमा भरतपुर महानगरपालिका रहेकोे एक तथ्यांकले देखाएको छ । सामरी उत्थान सेवा नामक संस्थाले बिहीवार भरतपुरमा आयोजना गरेको मनोरञ्जन क्षेत्रमार्फत हुने मानव बेचबिखनसम्बन्धी एकदिने गोष्ठीमा भरतपुर महानगरपालिका मनोरञ्जन क्षेत्रमार्फत हुने मानव बेचबिखनमा काठमाडौ र पोखरापछिको तेस्रो स्थानमा रहेको पाइएको हो ।
सस्थाले २०७८ सालमा चितवनको राप्ती, माडी र भरतपुर क्षेत्रमा गरी चार सय २० घरधुरीमा सर्वेक्षण गरेको थियोे । जसअनुसार त्यस क्षेत्रबाट ९ दशमलव ४ प्रतिशत महिला तथा बालिका विभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत रहेको पाइएको छ । जसमध्ये ८५ दशमलव ५ प्रतिशत श्रमिकहरुले आपूmहरुामाथि शोषण हुने गरेको बताएका छन् । सर्वेक्षणअनुसार यस क्षेत्रमा १३ दशमलव ६ प्रतिशत श्रमिकहरु १० देखि १४ बर्षका बालबालिकाहरु रहेको देखिएको छ ।
तपाइँको प्रतिक्रिया