नारायणगढ-मुग्लिन सडकखण्ड :सुख्खा पहिराे पन्छाइदै ,ढुङा खस्न राेकिए आधाघन्टामा यातायात सुचारू हुने

फाेटाे : लेखराम सापकाेटा
चितवन – सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ढुङा खस्ने क्रम नराेकिएकाले कति खेर यातायात सुचारू हुन्छ भेने अवस्था छैन । तर माथीबाट ढुङा खस्न कम भए आधा
घन्टामा यातायात संचालनमा आऊने ।” जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी निरिक्षकले जानकारी दिए ।
अहिले दुई वटा एक्जाभेटरको प्रयोग गरि पहिरो सफा गर्ने काम भैरहेको छ। बेलाबेलामा पहिरो खसिरहेको हुँदा पहिरो सफा गर्न कठिनाई ठिनाई देखिन्छ ।
बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारी साधन अवतजावत गर्छन ।
तपाइँको प्रतिक्रिया