मिस ग्लायम वल्र्ड २०२३ : चितवनकी २१ बर्षकी आयुसा बनिन् उपबिजेता ,उपाधि बेल्जियमलाइ

भरतपुर – मिस ग्लायम वल्र्ड २०२३ को उपाधी बेलजियमकि जोम्की तेन्जीनले जितेकी छिन् ।
भर्खर भारतको केरेलामा सम्पन्न प्रतियोगिताको गा्रन्ड फिनालेमा उनीे क्राउन पहिरिन सफल भएकी हुन् ।
करिब ५० भन्दा बढी देशका सुन्दरीहरु बीच गरिएको प्रतियोगितामा नेपालकी २१ बर्षकी आयुुसा प्याकुरेल दोस्रो बन्न सफल भएकी छिन् ।यसैगरी भारतकी समरुद्धी सेठी तेस्रो भएकी हुन् ।
पेगाससले जुन २ मा काठमाडौस्थित जमलको राष्टिय नाच घरमा गरेको मिस ग्लयाम वल्र्ड ,नेपालको उपाधि जितेर प्याकुरेल भारत पुगेकी थिइन् ।
काठमाडौको रत्न राज्य क्याम्पसमा पत्रकारितामा स्नातक गरिरहेकी उनले अन्तराष्टिय स्तरमा आफुले प्रतिभा प्रस्तुत गरेर आफनो देशको नाम रोशन गर्न सकेकोमा गौरब लागेको बताइन् । “ सानै देखी समाज र देशको लागी केहि गर्ने सपना देखेकी थिँए, आज यो सपना पुरा भएको छ । तर सफलताबाट मातिने छैन । अझै धेरै गर्न बाकी छ । यात्रा लामो छ अगाडि ,तर यो सफलताले पहिले भन्दा धेरै आत्मविश्वास थपिएको महसुुस गरेँ ।” उनले हामीसंग खुशी साटिन् ।साथै उनले तयारी गरेर मिस नेपालमा जाने बताइन् ।
पछिल्लो समय ब्युटी पेजेन्ट महिलाहरुलाइ पर्खाल बाहिर ल्याउन खुल्ला संसार देखाउन कोसेढुन्गा साबित भएकोे उनको भनाई छ । यस्ता प्रतियोगीताले नारीमाथी सबै समुदायको सम्मान जागेकोमा नारीहरुलाइ थप शसक्त बनाएको बताइन् ।
तपाइँको प्रतिक्रिया