एमाले र रास्वपाले अवरोध गरेपछि संसद् बैठक १५ मिनेट स्थगित

काठमाडौं – नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । जसका कारण बैठक १५ मिनेट स्थगित भएको छ।
एमाले प्रमुख सचेतक पदम गिरीले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावलाई विनियोजन विधेयकको अंगकै रुपमै समेट्न माग गरेपछि एमाले सांसद्हरु संसद्को रोष्टममा उभिएर विरोध जनाएका हुन् ।
जिल्ला निर्वाचन खारेजी गर्न नहुने प्रस्ताव विनियोजन विधेयकको अंगको रुपमा नसमेट्दासम्म विधेयक अघि बढ्न नदिने उनले बताए।
यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले यस विषयमा अर्थमन्त्रीबाट प्रतिवद्धता आएपनि निर्वाचन कार्यालय खारेज नगर्ने सुनिश्चित गर्ने आधार नदेखिएको बताए । उनले यस विषयको अन्यौल नहटेसम्म सदन चल्न सक्ने चेतावनी दिए।
तपाइँको प्रतिक्रिया