नेपाल पोलिटेक्निक ईन्स्टिच्युट भरतपुर महानगरपालिकाद्वारा सम्मानित

चितवन – नेपाल पोलिटेक्निक ईन्स्टिच्युट कलेज सम्मानित भएको छ । प्राबिधिक शिक्षा, कृषि, पशु र ईन्जिनियरिङ क्षेत्रमा जनशक्ति उत्पादन गर्दै आईरहेको नेपाल पाेलिटेक्निक ईन्स्टिच्युट कलेज उत्कृष्ट व्यवसायिको रूपमा भरतपुर महानगरपालिकाबाट सम्मानित भएकाे हो ।
महानगर प्रमुख रेनु दाहालले कलेजका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद सुवेदीलाई प्रमाणपत्र दिंदै भरतपुर महानगरकाे १३ औं नगरसभाकाे अवसरमा महानगरलाई बुझाउनुपर्ने व्यवसायिक दायित्व नियमित रुपमा पुरा गर्दै उत्कृष्ट शिक्षालयकाे रुपमा सम्मानित गरेकी हुन् ।
तपाइँको प्रतिक्रिया