बिहीबार देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले असार १४ गते सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा असार १४ गते सार्वनजिक बिदा दिएको हो।
गृहमन्त्रालयका सहसचिव/प्रवक्ता केदारनाथ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपालको राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इदका अवसरमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।
तपाइँको प्रतिक्रिया