मेयर बालेनविरुद्ध अदालत अवहेलना मुद्दाको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्धको अदालत अवहेलना मुद्दाको पेशी न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासमा तोकिएको छ।
यसअघि सो मुद्दाको पेशी हेर्न नभ्याइनेमा राखिएको थियो।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकहरूलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश दिएको थियो। सो आदेश जारी भएसँगै मेयर बालेनले सामाजिक सञ्जालमा आफूले आदेश नमान्ने बताएका थिए। उनले देशको सार्वभौमिकता र स्वाधीनताका विषयमा आफूले कानुन र अदालतलाई नमान्ने बताएका छन्।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता वर्षा कुमारी झाले रिट दिएकी थिइन्।
साहले भारतीय चलचित्र आदिपुरुषले ‘सीता भारतकी छोरी हुन्’भन्ने संवाद हटाउन चेतावनी दिएपनि नहटाएपछि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए। त्यसपछि सिनेमा हल सञ्चालकहरू अदालत पुगेका थिए।
तपाइँको प्रतिक्रिया