मकवानपुर – वाग्मती प्रदेशसभाको बैठक भोलि असार १२ गते दिउँसो १ बजे बस्ने भएको छ ।प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले वाग्मती प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०/०८१ को बजेट वक्तव्यमाथि पूर्ण छलफल गर्ने कार्यसूची तयार पारेको छ ।
यही असार १ गते बसेको प्रदेशसभा बैठकमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए ।सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएलगत्तै प्रदेशसभाको अर्को बैठक असार १२ गतेका लागि बस्ने गरी प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए । रासस

