काठमाडौं – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरेका छन् ।सोमबार काठमाडौंमा ‘राष्ट्रिय जनगणना २०७८’ को अन्तिम नतिजा ग्रहण गर्दै सभामुख घिमिरेले तथ्यांकअनुसार हिमाल र पहाड रित्तिँदै जानु र तराईलगायत सहरी क्षेत्रमा जनघनत्व बढ्नुले सामाजिक र राजनीतिक दुवैतर्फ असर पर्ने बताए ।
राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने भएकाले यसका आवश्यकता बढ्दै गएको उनले जिकिर गरे ।सभामुख घिमिरेलाई राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको टोलीले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा बुझाएको हो ।


