एसियाडका लागि रग्बी टोलीको घोषणा

एटुजेड समाचार

काठमाडौँ – चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आज घोषणा गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।

छनोट भएका खेलाडीहरुमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सबिन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडू, विवेश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ रहेका छन् । त्यस्तै, वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन् । एसियाडमा नेपालले रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियाड आगामी असोज ६ गतेदेखि सुरु हुँदैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू