काठमाडौंमा इनारमा डुबेर दुई जनाको मृत्यु

एटुजेड समाचार

काठमाडौं – काठमाडौंको ओमबहालस्थित एक घरको इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ। इनारबाट पानी तान्ने क्रममा मोटर खसेपछि निकाल्न जाँदा झापाका ३६ वर्षीय दीपेन लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एवम् एसपी सीताराम रिजालले जानकारी दिए। उनीहरु घरमा पेन्टिङको काम गर्दै आएका मजदूर हुन्।

पानी तान्ने क्रममा मोटर खसेपछि इनारमा पसेका लिम्बू निस्कन सकेका थिएनन्। उनलाई बचाउन जाँदा गुरुङ पनि डुबेका हुन्।

उनका अनुसार दुवै जनाको शव इनारबाट निकालिएको र मुचुल्का गरेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू