आमाको माया छात्रावासलाई स्पाउज क्लब अफ नारायणगढ रोटरीको सहयोग
भरतपुर – स्पाउज क्लब अफ नारायणगढ रोटरीले भरतपुर–१२, नवरत्न टोलमा अवस्थित आमाको माया छात्रावासका १५ जना भाइबहिनीहरूलाई गर्मी यामका लत्ताकपडा, खाद्यान्न लगायत आवश्यक सामाग्रीहरू वितरण गरेको छ । रोटरी क्लब अफ नारायणगढका पूर्वअध्यक्षहरू रोहितकुमार श्रेष्ठ र सुसनलाल प्रधानको उपस्थितिमा स्पाउज क्लबका अध्यक्ष सम्झना प्रधानले छात्रावासका प्रमुख साबित्री ढकालहस्ते उक्त सामग्रीहरू वितरण गरेकी हुन् ।
अध्यक्ष सम्झना प्रधानले विभिन्न जनजातीका बालबालिकाहरूलाई छात्रावासको सुविधासहित पठनपाठन गराएर उनीहरूको भविष्य निर्माणमा लागिपरेकी छात्रावास प्रमुख सावित्री ढकालको प्रशंसा गर्दै धन्यवाद दिएकी थिइन् । अध्यक्ष प्रधानले व्यक्तिगत तवरमा उक्त छात्रावासलाई सहयोग गर्दै आइरहेको र स्पाउज क्लबको अध्यक्षको हैसियतले आप्mनो कार्यकालको अन्तिम कार्यक्रमको रूपमा क्लबको तर्पmबाट सहयोग उपलब्ध गराउन पाएकोमा आपूmलाई गौरवान्वित महसुस भएको र यस किसिमको सामाजिक कार्यबाट आनन्दको अनुभूति प्राप्त भएको बताइन् । उनी आमाको माया छात्रावासका आजीवन सदस्य समेत हुन् ।
स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेलले छात्रावासका बाबुनानीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा पनि क्लबले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्तव्यको क्रममा नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष रोहितकुमार श्रेष्ठले छात्रावासमा आश्रीत बालबालिकाहरूको भविष्य निर्माणका लागि अहोरात्र उनीहरूको संरक्षण र सम्वद्र्धनमा कटिबद्ध ढकाललाई धन्यवाद दिएका थिए । छात्रावासका प्रमुख ढकालले बालबालिकाहरूको भरणपोषणका निमित्त नारायणगढदेखि आएर सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गर्दै स्पाउज क्लब अफ नारायणगढ रोटरीका अध्यक्ष सम्झना प्रधान लगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यसमिति सदस्य शान्ति श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रम स्पाउज क्लबका सचिव इन्दु श्रेष्ठले सञ्चालन गरेकी हुन् । कार्यक्रममा स्पाउज क्लबका निवर्तमान अध्यक्ष निरा प्रधान श्रेष्ठ, कोषाध्यक्ष दुर्गा श्रेष्ठ, सह–सचिव डा. सुरक्षा श्रेष्ठ, सदस्यहरू अञ्जु प्रधान, पुनम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया