आगामी आर्थिक बर्षका लागि भरतपुरकाे बजेट ६ अर्व ३१ कराेड बढी
भरतपुर – भरतपुर महानगरले आगामी आर्थिक बर्षका लागि ६ अर्व ३१ कराेड ७९ लाख ९० हजारकाे अनुमानित बजेट ल्याएकाे छ। याे बजेट चालू आव भन्दा करिव ११ कराेड मात्रै बढि हाे।
जसका लागि आन्तरिक आय १ अर्व ७५ कराेड,अन्तर सरकारी बित्तीय हस्तान्तरणबाट १ अर्व ८३ कराेड ९९ लाख ७५ हजार केन्द्र तथा प्रदेश सरकारकाे राजश्व वाँडफाडबाट ५४ कराेड ८० लाख १५ हजार ,जनसहभागिताबाट ५० कराेड,बैक माैज्दात १ अर्व ६५ कराेड र सडक वाेर्ड नेपालबाट ३ कराेड प्राप्त हुने प्रक्षेपण गरिएको छ।
भरतपुर महानगरले प्रत्येक वडाका लागि २ कराेड ७५ लाख बिनियाेजन गरेको छ। त्यस्तै क्रमागत र बहुबर्षिय याेजनाकाे लागि १ अर्व ६५ कराेड बिनियाेजन गरिएको छ।
भरतपुरले दिगो र वातावरणमैत्री पूर्वाधार बिकास , कृषि तथा पशु बिकास कार्यक्रम ,वातावरण ,सरसफाइ एवम् हरियाली प्रवर्दन ,उज्यालो नगर,व्यवस्थित र दिगाे पुर्वाधार बिकासका लागि मेगा ढल निकासकाे कार्यक्रमलाई अाफ्नाे प्राथमिकतामा राखेको छ।
साथै हरित उर्जाकाे खपत,पेट्रोलियम पदार्थको बचत नाराका साथ बिधुत्तीय सवारी साधनलाई प्रवर्दन गर्ने नीति लिएको छ। जसका लागि महानगरले अवदेखि बिधुत्तिय सवारी साधन मात्रै खरिद गर्ने र विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग ,सहकारी तथा राेजगार प्रवर्द्धन ,युवा तथा खेलकुदकाे बिकास,लैङ्िगक समानता,महिला शशक्तिकरण,सामाजिक समावेशीकरण,राजश्व प्रशासन सुदृढीकरण ,नीजी क्षेत्रसंग सहकार्य अादि बजेटमा प्राथमिकतामा छन्।
भरतपुरले अंग्रेजी बर्ष सन् २०२४ लाई भरतपुर भ्रमण बर्ष मनाउने नीति तथा कार्यक्रममा उल्लेख्य गरिएको छ। यसका लागि प्राथमिकतामा राखेर बजेट तय गरिएको छ। एक वडा एक गाैरवकाे अायाेजना संचालन गरिने गरि महानगरले नीति तथा बजेट ल्याएकाे छ।
भरतपुर महानगरकाे प्रमुख रेनु दाहालले अघिल्लो कार्यकाल र चालू एक बर्ष गरि ६ बर्षमा अाफ्नाे नेतृत्वमा भरतपुरले भाैतिक पूर्वाधार निर्माणमा फड्काे मारेको उल्लेख्य गर्दै यसकाे फिनिसिङ र निरन्तरता अबकाे अावश्यकता भएको बताउनुभयाे। जसका लागि नगर स्वच्छ ,सफा,हरियाली बनाउदै वातावरणमैत्री बिकासमा ध्यान केन्द्रित हुने उहाँको भनाइ छ।
भरतपुर महानगरले बिगत ६ बर्षमा ६ सय ४८ किलोमिटर नयाँ कालाेपत्रे सडक निर्माण गरेको छ भने ४ सय ६० किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ।६ बर्षअघि करिव ५७ प्रतिशत मात्रै रहेको खानेपानीका याेजनामा अर्वाै लगानी गरी हाल करिव ९७ प्रतिशत नगरबासीले शुद्ध पिउने पानी पाएका छन्। शिक्षा,स्वास्थ ,कृषि र पर्यटनका पनि दर्जनौं याेजना सफल भएका छन्।
यसका साथै प्रदेश र संघीय सरकारकाे समेत समन्वयमा अाधा दर्जन बढी ठूला याेजना निर्माणाधीन छन्। एकबर्षभित्रमा सिटि हल निर्माण ,छ लेन सडककाे पूर्णता,वाईपास सडक निर्माण र व्युटिफिकेसन,सि विच माेडलकाे नारायणी नदिकाे परियाेजनाले मुर्त रुप लिने ,रिङ्ग राेड र लिङ्क राेडकाे पुर्णता हुने,नारायणी नदिमा गरिएको तटबन्ध पूर्ण हुने र सन् २०२४ लाई बिकास हेर्न भरतपुर जाअाै भन्ने नाराका साथ भरतपुर भ्रमण बर्ष मनाउने तयारी भरतपुरले गरेको छ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर देशकै उत्कृष्ट नगरहुनतर्फ उन्मुख भएको बताउनुभयाे। भाैतिक पूर्वाधार निर्माणकाे चरणमा नगर रहेकोले दिगाे बिकास गरी उत्कृष्ट नगर बनाउन साथ दिन सबैलाई उहाँले अाग्रह गर्नुभयाे।
तपाइँको प्रतिक्रिया