कैलालीमा एक जनाको शव फेला

एटुजेड समाचार

धनगढी– कैलालीमा एक जना मृत फेला परेका छन् । शुक्रबार जिल्ला लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन् ।

शुक्रबार बिहान ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारु, ५२ वर्षीय भिगुराम चौधरीसहित चार जना दाउरा काट्न पूर्णिमा सामुदायिक वनमा गएका थिए ।

भिगुराम चौधरी घर नफर्केको खबर आज प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले भिगुरामलाई पूर्णिमा सामुदायिक वनमा मृत अवस्था फेला पारेको हो । 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु