नेपालले नेदरल्यान्ड्सलाई दियो १६८रनको लक्ष्य

हरारे – खराब ब्याटिङको शिकार बनेको नेपालले आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ।
तकासिङ्घा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर एक सय ६७ रनको योगफल तयार गर्यो।
नेपालका लागि कप्तान रोहितले ५५ बलमा चीन चौका र एक छक्कासहित सर्वाधिक ३३ रन जोडे। यस्तै, ओपनर कुशल भुर्तेल २७ तथा भीम सार्की २२ रन जोडेर आउट हुँदा सन्दीप लामिछानेले ३३ बलमा २७ रन बनाए।
नेदरल्यान्ड्सका लागि ९ ओभरमा लोगान भान बिकले ९.३ ओभरमा २४ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए।
यस्तै, बस दी लिड र विक्रमजित सिंहले दुई–दुई विकेट लिए। क्लेटोन फ्लोड र आर्यान डटले एक–एक नेपाली ब्याटरलाई पभिलियन फर्काए।
यसअघिका तीनमध्ये दुई खेलमा पराजित नेपालले सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।
तपाइँको प्रतिक्रिया