नेपालको आधा टिम पभिलियन फिर्ता, रोहित पनि आउट

हरारे – आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा उत्रिएको नेपालको आधा टिम पभिलियन फिर्ता भएको छ।
राम्रो सुरुआत गरे पनि पछिल्लो समय सम्हालिन नसकेको नेपालले कप्तान रोहित पौडेललाई ३३ रनमा गुमाएको छ। नेपालका लागि पाँचौं नम्बरमा क्रिजमा उत्रिएका रोहितले ५५ बलमा तीन चौका र एक छक्कासहित ३३ रन मात्रै बनाउन सके।
तकासिङ्घा रंगशालामा जारी खेलको पहिलो पावर प्लेमा एक मात्र विकेट गुमाएको नेपालले १५औं, १७औं र १९औं ओभरमा लगातार विकेट गुमाएको थियो।
तेस्रो ओभरमा ओपनर आसिफ शेख दुई बलमा खाता नखोल्दै आउट भएका थिए। यस्तै, अर्का ओपनर कुशल भुर्तेल ४२ बलमा दुई चौकासहित २७ रनमा पभिलियन फर्के।
वान् डाउनमा क्रिजमा उत्रिएका भीम सार्की ५६ बल खेलेर एक चौकासहित २२ रन जोडेर आउट भए। त्यसअघि पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेख चारमा बलमा ६ रन जोडेर आउट भए।
छैटौं नम्बरमा क्रिजमा उत्रिएका कुशल मल्ल १९ बलमा १२ रन जोडेर आउट भए। नेपालले ३२.१ ओभर सकिँदा ६ विकेट गुमाएर ११६ रन बनाएको छ। सुपर सिक्समा पुग्नका लागि नेपाललाई यो खेल जित्नै पर्नै दबाब छ।
तपाइँको प्रतिक्रिया