भरतपुरमा शिक्षकलाई क्षमता अभिबृद्धि कार्यक्रम

एटुजेड समाचार

चितवन – एफईएसको सहयोग र एजुकेसन ईन्टरनेस्नलले शिक्षकहरुलाई क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ । आज भरतपुरमा तालिमको उद्घाटन गरिएको हो । सार्वजनिक शिक्षाको सुदृढीकरण र नीजिकरणले भएको अनियमितताको समाधानका लागि कार्यक्रम आयोजना गरीएको हो ।

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत बिद्यालय युनियन शिक्षक युनियनको सहभागितामा तीन दिने क्षमता अभिबृद्धि कार्यक्रम नीजि करण गर्नु हुँदैन गर्ने परे उनीहरुको दायीत्व समेत बुझाउन आबश्यक रहेको भन्ने बिषयमा कार्यक्रममा जानकारी गराईएको थियो ।

शिक्षा क्षेत्रमा देखिएको बिकृति र विसंगति न्यूनिकरणका लागि सबै मिलेर लाग्नु आबश्यक रहेको छ । चितवन सहित बिभिन्न जिल्लाका ३० जना शिक्षक सहभागी कार्यक्रममा एजुकेशन इन्टरनेस्नलका कन्सल्टेन्ट सागरनाथ प्याकुरेल, नेपाल शिक्षक संघका इलम शाही, संगठनका हंस शाही र संस्थागत विद्यालय शिक्षक युनियनका मोतिराम प्याकुरेलले प्रशिक्षण दिनुभएको थियो ।

सार्बजनिक शिक्षाको महत्व के हो र कसरी यसलाई बचाउन सकीन्छ भन्ने बिषयमा शिक्षकहरुलाई प्रशिक्षण दिईएको थियो । यसमा शिक्षकका संस्थाहरुको भूमिका महत्वपूर्ण रहने कन्सल्टेन्ट सागरनाथ प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस परियोजना अन्तर्गत नेपालगञ्ज, धनगढी, इटहरी विराटनगर लगाएतका क्षेत्रमा कार्यक्रम सम्पन्न भई सकेको छ । अन्य जिल्लाहरुमा समेत यो परियोजनाले शिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू