दिपेन्द्रसिंह ऐरीले लिए वेष्ट इण्डिजको चौथो विकेट

एटुजेड समाचार

काठमाडौं– जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ । 

जिम्बाव्वेको हरारे स्पोर्ट्स क्लबमा भइरहेको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन् । उनले ४४ ओभरको अन्तिम बलमा नेपाललाई चौथो विकेट दिलाएका हुन् । 

यसैगरी करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिए । यस्तै सन्दीप लामिछानेले १५.३ ओभरमा तेस्रो विकेट लिए  

यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले ४५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २८५ रन जोडेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु