नवलपुर – पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं—१, भटुकेमा बुधबार चट्याङ्ग लागेर एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान ६ः३० बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका वडा नं—१, भटुकेका ५७ वर्षीय छविलाल सारुको चट्याङ्ग लागेर निधन भएको हो ।
विनयी त्रिवेणी—१ गोग्दीस्थित खेतमा श्रीमान् छविलाल सारू र श्रीमती कुमारीसरा सारु दुवै जना खेतमा काम गर्ने क्रममा श्रीमान्लाई चट्याङ्ग लागेको हो ।
चट्याङ लागेर घाइते भई घरमा ल्याइएको भन्ने खबर प्राप्त गर्नासाथ सारुको घर पुग्दा छाविलालको मृत्यु भइसकेको र उनका श्रीमती सकुशल रहेको पाइएको प्रहरीले जनाएको छ ।
मंगलबार पनि पश्चिम नवलपरासीमा एक जनाको चट्याङ्ग लागेर निधन भएको थियो ।

