राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

एटुजेड समाचार

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शुक्रबार राति २ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रत्न मणि गजुरेलले पौडेलले पौडेललाई स्थायी पेस मेकर राखेर निगरानी भइरहेको बताए। अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति  रामचन्द्र पौडेलज्यू असार २ गतेदेखि यस सेन्टरमा उपचाररत् हुनुहुन्छ । उपचारका क्रममा हिजो उहाँलाई स्थायी पेसमेकर राखिएको र हाल उहाँको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको जानकारी गराइन्छ ।’

यसअघि मुटुमा समस्या देखिएर राष्ट्रपतिलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो । स्वास्थ्य परीक्षण सकिएपछि डिस्चार्ज गरिएको थियो ।

गएको वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो । उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भएको थियो । करिब दुई हप्ता लामो उपचार पछि राष्ट्रपति पौडेल वैशाख १८ गते स्वदेश फर्केका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू