गायक बिक्रम परियारको ‘अन्त नभने’ गीत सार्वजनिक (भिडियोसहित)

चितवन – गायक बिक्रम परियारको ‘अन्त नभने’ गीत सार्वजनिक भएको छ । पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मानिएका सुमधुर आवजका धनी गायक बिक्रम परियार र मिठो आवाजकी धनी गायिका गरिमा कार्कीको आवाजमा सजिएको ‘अन्त नभने’ गीत सार्वजनिक भएको हो ।
सार्वजनिक भए लगतै उक्त गीतले अहिले बजारमा खुबै चर्चा कमाउदै आएको छ। लोकप्रिय सर्जक नेत्र अर्यालको शब्दमा बनेको गीतमा संगीत नन्दु परियारको रहेको छ ।
उक्त गीत बिक्रम परियार युटुब च्यानलबाट बजारमा आएको छ। गीतको भिडियोलाई काजीश श्रेष्ठले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा चर्चित एंवम लोकप्रिय मोडल सागर लम्साल बले र गीता ढुङ्गनाको अभिनय रहेको छ ।
गायक बिक्रम परियार यस्तो गायक हुन जसले छोटो समयमै लोक दोहोरी गीतको क्षेत्रमा फड्को मारेका छन् । गायक परियारले यस अघि बजारमा ल्याएका गीतहरु,चौतारीको वर,पाखे नभन,आधा माया,बाचेको छु धन्न लगायत गीतहरुले राम्रो चर्चा कमाएको थियो।
तपाइँको प्रतिक्रिया