स्काउटले खेलेको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

एटुजेड समाचार

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अप्ठेरो पर्दा नेपाल स्काउटले खेलेको भूमिकाको प्रशंसा गरेकी छन् ।मंगलबार काठमाडौंमा स्काउटको ७२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कोरोना महामारीदेखि प्राकृतिक विपत्तिमा स्काउटले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरिन् ।

“कोरोना महामारीका बेला चिकित्सक परामर्श सेवा, क्वारेन्टाइन निर्माण र शव व्यवस्थापनमा समेत गरेको सहयोगप्रति सम्मान छ,” उनले भनिन् ।सातै प्रदेशमा दक्ष विपद् व्यवस्थापन टोली गठन भई विपद् प्रतिकार्यमा परिचालन भएको जानकारी पाउँदा हर्ष लागेको उनले बताइन् ।उनले समाज रुपान्तरणमा युवा स्काउटले खेलेको भूमिकाले युवाहरूलाई सही दिशा देखाउन सफल भएको जिकिर गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु