स्वीकृत नगरी जनशक्ति थप नगर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

एटुजेड समाचार

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्ले स्वीकृत नगरी जनशक्ति थप नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकको पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न निर्देशन दिएको हो । संघ सरकारलाई अर्थिक भार पर्ने भएकाले लोक सेवा आयोगबाट स्थायी पदपूर्ति समेत नगर्न मन्त्रालयको निर्देशन छ ।

मन्त्रालयले समायोजनपत्र बुझी खटाएको ठाउँमा नगएका कर्मचारीलाई तत्काल रमाना गरी पठाउन, दरबन्दीभन्दा बढी भएका कर्मचारीको तलब भत्ता स्थानीय तहबाटै व्यवस्था गर्न पनि मन्त्रालयले भनेको छ । नयाँ बनेको आधारभूत अस्पतालहरुमा स्थानीय तहहरुले पदपूर्ति गरेको भए त्यस्ता कर्मचारीको तलब भत्ता सम्बन्धित पालिकाबाटै गर्न पनि मन्त्रालयको निर्देशन छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु