फेरि ओरालोतिर सेयर बजार, ४ अर्ब ११ करोडको कारोबार

एटुजेड समाचार

काठमाडौं – सेयर कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा अडिएको छ।

नेप्से दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। आज २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन  सोमबार नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा बन्द भएको थियो। सो दिन ४ अर्ब  ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेको थियो। सो दिन ४ अर्ब ८६  करोड ९१ लाख ८४ हजार १६  रुपैयाँमा सेयर कारोबार भएको थियो।

यसदिन तीन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्टक्चर बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको २०  करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी शिवम् सिमेन्टको १९ करोड र हिमालयन डिस्टिलरीको १३ करोड बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये  १० को सूचक घट्दा तीनको मात्रै बढ्यो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु