समाजवादी मोर्चा सत्ता टिकाउने माध्यममात्र नबनोस् : झलनाथ खनाल

एटुजेड समाचार

काठमाडौं –  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने साधन बन्न नहुने बताएका छन् । समाजवादी मोर्चा घोषणा सभामा बोल्दै खनालले यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा मात्रै बन्न नहुने बताएका हुन् ।

खनालले भने,‘यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा नबनोस् । साँचो अर्थमा आमुल परिवर्तन गर्ने खालको बनोस् । यो मोर्चा सम्पूर्ण बामपन्थीलाई एकतावद्ध गर्ने मोर्चा बनोस् । यसरी मात्रै हामी यो देशको भविष्यलाई उज्यालो बनाउन सक्छौं ।’

उनले समाजवादी गणतन्त्रमा पुगेर मात्रै देशको भविष्य उज्यालो बन्ने बताए । खनालले भने,’ समाजवादी गणतन्त्रमा नपुगेसम्म आजको शोषण,दमन,अन्याय,अत्याचार समाप्त हुँदैन ।’

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चाको घोषणा भएको छ। मोर्चामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू