पाँचथरको याङवरकमा पहिरोमा फसेका १२ जनाको उद्दार

एटुजेड समाचार

फिदिम : पाँचथरको याङवरक गाउँपालिका १ फेदीमा पहिरोमा फसेका १२ जनालाई उद्दार गरिएको छ ।  नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी उनीहरूलाई च्याङथापु स्थित बिष्णु माविमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए ।

शनिबार रातीको अबिरल वर्षात‍्कारण जमिन लच्किएर फेदीको बस्ती नै जोखिममा परेको थियो । पहिरोमा फसेका उनीहरुलाई सोमबार बिहान १० बजेतिर उद्दार गरिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू