समयमा अस्पताल नआउने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्य मन्त्री जाेशीकाे निर्देशन

चितवन – वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले समयमा अस्पताल नआउने चिकित्सक कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । यहाँकाे बिपि काेईराला मेमाेरियल क्यान्सर अस्पतालकाे निरिक्षण अनुगमन पछि आयाेजित अन्तरक्रिया कार्यक्रममा उनले समयमा अस्पताल नआउने र अस्पताल आयर कार्यालमा नबस्ने चिकित्सक, कर्मचारीलाई कारवाहि गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् ।
निरिक्षणका क्रममा चिकित्सक, कर्मचारीहरु कार्यकक्षमा नभेटिएकाे भन्दै उनले भने, “कार्यालयमा काम नगर्ने भए घर बसे हुन्छ । विरामी र सेवाग्राहिले सेवा पाउन राेकिनु हुँदैन ।” अस्पतालकाे सेवाका बारेमा हरेक हप्ता अस्पताल प्रशासनले सार्वजनिक गर्नुपर्ने उनको भनाई थियाे ।
कुन चिकित्सक कचि खेर भेट्न सकिन्छ भन्ने बिषयमा समेत खुलायर सूचना गर्ने गर्दा बिरामीकाे चमप कम हुने उनको भनाई थियाे । अस्पतालमा भएकाे बिरामीकाे चाप कम गर्न तर्फ अस्पताल प्रशासनकाे ध्यान दिनुपर्ने बताए ।
अस्पताल संचालक समितिका अध्यक्ष डा.बिजय न्याैपानेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाेल्दै मन्त्री जाेशीले अस्पताल भित्र हुने गरेकाे आर्थिक अनियमितता राेक्न संचालक समितिले राेक्नु पर्ने बताए ।
अस्पतालका बिषयमा उठेका प्रश्नकाे समाधान गर्न तर्फ लाग्नु पर्ने उनको भनाई थियाे । अस्पतालले दिदै आएकाे सेवा सुबिधालाई अझै व्यवस्थित गर्नु पर्ने उनले बताए । साे अबसरमा अस्पताल सुधारका बिषयमा स्थानिय, अस्पतालका बिभागीय प्रमुखहरु, अस्पताल प्रशासन लगाएतका संग छलफल भएकाे थियाे ।
साे अबसरमा अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. देज कुमार गाैतम, उपनिर्देशक कृष्णसागर शर्मा, नेपाल स्वास्थ्य कर्मी संघका अध्यक्ष रमेश पाैडेल लगाएतले बाेल्नुभएकाे थियाे ।
कार्यक्रममा मन्त्री जाेशीले अस्पतालकाे गुरुयाेजना अनुसार काम गर्नका लागि प्रदेश सरकारले सक्दाे सहयाेग गर्ने बताए । संघिय सरकार संग समेत यस बिषयमा छलफल गर्ने वातावरण तयार गर्न आफू तयार रहेकाे उनले बिश्वास दिलाए ।
तपाइँको प्रतिक्रिया