मेलमिलाप टोल विकास संस्था भरतपुर २ को अध्यक्षमा पुन : वलराम पौडेल

एटुजेड समाचार

चितवन – मेलमिलाप टोल विकास संस्था भरतपुर महानगर २ को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । आज (आईतबार) सम्पन्न भएको अधिवेशनले पुन : वलराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

समितिको उपाध्यक्षमा उमेश पिया, सचिवमा शुक्र कुमार सुल्पे र कोषाध्यक्षमा कल्पना श्रेष्ठ, चयन भएका छन् । त्यस्तै सदस्यमा जगत गुरुङ्ग, दिपेश पिया, मनिषा शाह, जानुका पुडाशैनी, अविनाश श्रेष्ठ, चयन भएका हुन् भने बाबुराम अधिकारी र बिक्रम सापकोटालाई सदस्यमा मनोनित गरिएको छ ।

संस्थाको सल्लाहाकारमा अस्मिता खनाल, चुरामणी भण्डारी, बिष्णु कुँवरलाई चयन गएको छ ।

कार्यक्रम भरतपुर महानगर २ का वडा अध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । त्यस्तै कार्यक्रममा टोल विकास संस्थाका पुर्व अध्यक्षहरु, आमासमुह, टोलका सदस्यहरुको उपस्थिती रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू