काठमाडौं – माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि ( सोमबार) हुने भएको छ ।
प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ ।समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् ।