टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतः निलम्बन भएको छ ।
प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा पद निलम्बनमा पर्ने प्रावधान छ । अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रायमाझीले सांसदको हैसियतमा कुनै गतिविधि गर्न नपाउने नियम छ ।रासस
तपाइँको प्रतिक्रिया