नक्कली भुटानी प्रकरणका पक्राउ परेका प्रतिवादीको बहस आज सकिने

एटुजेड समाचार

काठमाडौँ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको करोडौं ठगीको आरोपमा पक्राउ परेका प्रतिवादीहरुको बहस आज पनि हुने भएको छ ।

बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण र हज कमिटिका अध्यक्ष शमशेर मियाको तर्फबाट बहस सकिएको छ । यस्तै आङटावा शेर्पाको तर्फबाट पनि बहस अन्तिम चरणमा पुगेको छ । आज प्रतिवादीको तर्फबाट बहस सकिने सम्भावना छ । आङटावाको तर्फबाट आज सुरुमा बहस सकिएपछि शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट बहस हुने छ। दिउँसो हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट बहस हुने जिल्ला अदालत काठमाडौंले जानकारी दिएको छ ।

शुक्रबार जवाफी बहस र आदेश आउने सम्भावना रहेको छ । नक्कली भुटानी प्रकरणमा१८ जना पक्राउ परेका छन । ३० जनालाई प्रतिवादी बनाइएकोमा बाँकी १२ जना भने अहिलेसम्म फरार छन । उनीहरुलाई ठगी, संगठित ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुर गरी पाँच वटा मुद्दा चलाइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू