कालो मोसो प्रकरणमा नेविसंघ मोरङका सभापति पक्राउ

विराटनगर – पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालो मोसो दलेको घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको बुढीगंगा क्षेत्रबाट बुधबार पक्राउ गरेको हो ।
घटनाबारे आवश्यक अनुसन्धान गर्न पोखरेललाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए ।पोखरेलमाथि दुई दिनअघि सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई मोसो दल्ने कार्यको नेतृत्व लिएको आरोप लागेको छ ।कालो मोसो दल्ने कार्यमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।विश्वविद्यालय सेवा आयोगको कार्यालयले घटनामा संलग्नविरुद्ध मंगलबार सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी परेको थियो ।रासस
तपाइँको प्रतिक्रिया