सुनको मूल्य तोलामा ९०० ले घट्यो

एटुजेड समाचार

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू