टाँडीमा महिला लघुवित्तको वित्तीय साक्षरता

एटुजेड समाचार

भरतपुर – टाँडीमा महिला लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम गरीएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको टाँडी शाखाले शाखा अन्तर्गतका केन्द्र प्रमुखको कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

८३ जना केन्द्र प्रमुखहरू सहभागी रहेको गोष्ठीमा केन्द्र प्रमुखका काम, कर्तव्य, अधिकार, केन्द्रको दायित्व,सामूहिक जिम्मेवारी जस्ता विषयमा कार्यक्रम भएको महिला लघुवित्तका गितानगर शाखाका प्रमुख चन्द्रबहादुर बाेहराले जानकारी गराएका थिए ।

संस्थाको नयाँ सेवा–सुविधा एवं कर्जा तथा बचतका प्रकारहरू, हाल देशमा देखिएको विभिन्न ब्यत्ति तथा समुहहरुले बैंक वित्तीय संस्था प्रति चलाएको भ्रमका बारे केन्द्रीय कार्यालय सांगा काभ्रेमा कर्जा असुली तथा जोखिम ब्यवस्थापन बिभागमा कार्यरत कर्मचारी रबिन दाहालले जानकारी गराए ।

बजारमा लघुवित्त वित्तीय संस्थाहरू धेरै भएको अवस्थामा रोजेर, छानेर र होसियार भएर मात्र सदस्य बन्न एवं बनाउन केन्द्र प्रमुखहरूसँग उनले आग्रह गरेका थिए । उपस्थित केन्द्र प्रमुखहरुलाई लघुवित्त संस्थाहरुबाट प्रवाह भएको कर्जा तिर्न पर्दैन तथा मिनाह हुन्छ भन्ने भ्रममा नलाग्न र समयमा नै किस्ता तिर्न आग्रह गरे ।

आफुहरुले लगानी गरिरहेको कर्जा तपाईहरु जस्तै दिदि बहिनीहरुको बचत रहेको बताउदै तपाईहरुले कर्जा नतिर्दा उनिहरुले बचत फिर्ता भएन भन्ने के हुन्छ भन्दै सहभागिहरलाई प्रश्न गरेका थिए । हल्लाको पछाडि लगानी आफ्नो क्षमताको आधारमा मात्र कर्जा चलाउन र उद्ययमी बन्न सुझाव दिए ।

उपस्थित केन्द्र प्रमुखहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले दिने सेवा–सुविधा, कर्जा सदुपयोगिताको महत्व, सदस्यता दोहोरोपनाले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरूले समाज परिर्वतनको लागि पारेका प्रभाब,कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्वलगायत विषयमा वित्तीय संस्थाका सुपरिवेक्षण तथा निरिक्षण कार्यालय टांडीका प्रमुख सुनिल अर्यालले जानकारी दिएका थिए । उनले बचत कसरी गर्ने उपाहरुकाे खाेजि तथा घरायसी खर्चबाटफ विभिन्न खर्चहरुमा रकम खर्च नगरि बचत गर्न सकिन्छ भन्ने बारे सहभागीहरुलाई बताए ।

महिला लघुवित्तले टाडि शाखाबाट मात्र १२ सय भन्दा बढी सदस्यलाई प्रत्यक्ष रूपमा वित्तीय सेवा पुर्‍याइरहेको छ । संस्थाले ३४ वटा जिल्लाको ७० वटा शाखामार्फत करिब ७६ हजार घरधुरीलाई प्रत्यक्ष रूपमा वित्तीय सेवा पुर्‍याइरहेको जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू