भरतपुर अस्पतालमा डाक्टर, फार्मेसी सहायक र सब-इञ्जिनियर माग

चितवन – भरतपुर अस्पतालले डाक्टर फार्मेसी सहायक र इञ्जिनियर माग गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गरी १० जना डाक्टर, ८ जना फार्मेसी सहायक र दुई जना सब-ईञ्जिनियर माग गरेको हो ।
अस्पतालको करार तथा ज्यालादारी कार्यविधि २०७९ अनुसार माग गरिएका पदमा सात दिनभित्र दरखास्त फाराम भर्न भनिएको छ । अस्पतालले युरोलोजिष्ट, क्रिटिकल फिजिसियन, बालरोग विशेषज्ञ, एनेस्थेसियालोजिष्ट, गाइनोकोलोजिष्ट, एनेस्थेसिया असिस्टेण्ट गरी १० जना डाक्टर माग गरेको छ । यस्तै पाँचौं तहको फार्मेसी सहायक ८ जना, पाँचौं तहको इलेक्ट्रिकल सब इञ्जिनियर एक र सिभिल सब इञ्जिनियर एक जना पनि अस्पतालले माग गरेको छ ।
तपाइँको प्रतिक्रिया