रत्ननगर जेसीजमार्फ टोल विकास संस्थाका पदाधिकारीलाई क्षमता अभिबृद्धि तालिम

रत्ननगर – रत्ननगरमा टोल विकास संस्थाका पदाधिकारीहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिका वडा न ४ को आयोजना रत्ननगर जेसीजको सहकार्यमा तालिमको वडा अध्यक्ष सुन्दरमणी सुबेदीले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
तालिममा जेसीज माडीका निवर्तमान अध्यक्ष एवम् माडी जेसीजका अध्यक्ष तथा शोभाखर अधिकारी प्रमुख प्रशिक्षक रहेका थिए ।
तालिममा टोल विकास संस्थाका अध्यक्ष सचिव र कोषाध्यक्ष सहित ४८ जना सहभागी छन् ।
उनीहरुलाई भाषण कला , बैठक र माइन्युट लेखन सम्बन्धि ज्ञान प्रदान गरिने कार्यक्रम संयोजक प्रकाश शाहाले जानकारी दिए । रत्ननगर जेसीसका अध्यक्ष अमित कुमार गुप्ताका अनुसार संस्थाको उद्धेश्य अनुसार मानिसको व्यक्तिगत क्षमता विकास र नेतृत्वका विकासका लागि स्थानिय तहको सहकार्यमा तालिमको आयोजना गरेको बताए ।
तपाइँको प्रतिक्रिया