चितवनको नारायणगढमा पानी माग्दै पूजा

चितवन – चितवनको नारायणगढमा पानी माग्दै पूजा गरिएको छ । लामो समयदेखि पानी नपर्दा जनजीवन कष्टकर बन्दै गएपछि आज (आइतबार) इन्द्र भगवानलाई पानी पारिदिन माग गर्दै पूजा गरिएको हो ।
आइतबार अपरान्ह ४ बजे गौरेश्वर पशुपति मन्दिर नारायणगढमा महादेवसँग पानी देउ अनुरोध पूजा गरि ४ः३० बाट ‘हरहर महादेव पानी देउ देउ र्याली’ गरिएको हो । गौरेश्वर पशुपति मन्दिरबाट शुरु भएको र्यालि पोखरा बसपार्क, लिलाचोक, मेनरोड, पुल्चोक , सहिदचोक हुदै पुनः पोखरा बसपार्क आएर सकिएको थियो ।
नेपालीहरुको जनविश्वास र धार्मिक परम्पराको संरक्षण गर्दै अत्याधिक गर्मीका कारण सम्पूर्ण सजिव प्राणिले भोगिरहेको जलको समस्या समाधानका लागि भगवानसँग पुकार गरिएको कार्यक्रम सयोजक मनोज घिमिरेले बताए ।
बाजागाजा सहित निस्किएको युवाहरुको “हर हर महादेब पानी देउ देउ” र्यालिलाइ स्थानियहरुले घर घरबाट पानी छ्यापि स्वागत गरेका थिए । यस अघि पनि पानी माग्दै देउताको पूजा आराधाना गर्ने गरिथ्यो । यसो गर्दा वर्षा हुने जनविश्वास छ ।
तपाइँको प्रतिक्रिया