गर्मी बढेसँगै भरतपुरका विद्यालयमा ३० गतेसम्म विदा

चितवन – गर्मी बढ्दै गएपछि भरतपुर महानगरभित्रका विद्यालयमा थप चार दिन विदा दिईएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना प्रकाशित गरी जेठ ३० गतेसम्म विदा दिने निर्णय भएको जनाएको हो ।
महानगरले यस अघि जेठ २१ गतेदेखि २६ गतेसम्म विदा दिएको थियो । गर्मी निरन्तर भईरहेकाले थप चार दिन विदा दिने निर्णय भएको सूचनामा जनाईएको छ ।
विदाको समयमा बालबालिकालाई दिउँसो घाममा हिँड्डुल गर्न नदिने र नदी पोखरीमा पौडि खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
तपाइँको प्रतिक्रिया