समाजवादी देशभक्त मोर्चाको ओचित्य सकियो : वैज्ञानिक समाजवादी पार्टी

काठमाडौं – वैज्ञानिक समाजवादी पार्टीले समाजवादी देशभक्त मोर्चाको औचित्य समाप्त भएको टिप्पणी गरेको छ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग समाजवादी देशभक्त मोर्चा बनाएको उक्त पार्टीले सो मोर्चाको औचित्य सकिएको टिप्पणी गरेको हो ।
पार्टी प्रवक्ता जागृत रायमाझीले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त मोर्चाको औचित्य समाप्त भएको जनाएका हुन् । यद्यपि, नयाँ सन्दर्भमा रणनीतिक संयुक्त मोर्चा, संयुक्त मोर्चा या कार्यगत एकता निर्माणका लागि भने आफूहरू तयार रहेको पनि जनाइएको छ ।
‘हाम्रो पार्टी तत्काल समाजवादी देशभक्त मोर्चाको औचित्यको समाप्तिको निर्णयमा पुगे पनि नयाँ सन्दर्भमा क्रान्तिकारीहरूको बीचमा रणनीतिक संयुक्त मोर्चा, संयुक्त मोर्चा वा कार्यगत एकताको निर्माणको निम्ति सदैव तत्पर रहेको पनि जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
तपाइँको प्रतिक्रिया