भरतपुरमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सुरक्षित आप्रवासन सामी कार्यक्रम

भरतपुर – भरतपुरमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सुरक्षित आप्रवासन सामी कार्यक्रम भएको छ । भरतपुर महानगरको आयोजनामा आज (बुधवार) वैदेशिक रोजगार र वर्तमान अवस्थाको बिषयमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।
‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरीएको थियो । पछील्लो समयमा बैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्दै जाँदा सुरक्षित आप्रवासनको निकै खाँचो रहेको कार्यक्रमका संयोजक सूर्यप्रसाद पौडेलले बताए ।
उनले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले वैदेशिक रोजगारमा सीप तालिम लिनुपर्ने स्वास्थ्य परीक्षण गराउँदा, करारनामामा हस्ताक्षर गर्दा र वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर कम्पनी छनौट लागएतका बिषयमा बिशेष ध्यान दिनुपर्ने पर्ने बताए ।
बैदेशिक रोजगारिको लागि नेपालको सबै भन्दा धेरै बागमती प्रदेशबाट जाने गरेको तथ्याङमा देखिएको उनले बताए । त्यस मध्य पनि सबै भन्दा धेरै चितवनबाट जाने र चितवनको पनि सवैभन्दा धेरै भरतपुर महानगरबाट बैदेशिक रोजगारको लागि बिदेश पलायन भएको डाटा प्रस्तुत गरे ।
सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत केन्द्रले बिदेशमा समस्या परेका व्यक्ती र उनको परिवारको लागि विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।
गन्तव्य मुलुकमा बेपत्ता भएका वा जेलमा परेका नेपाली कामदारहरूको स्थिति पत्ता लगाउन र उद्धार गर्नका लागि सम्बन्धित निकायहरु, राजदूतावास तथा सम्बद्ध संघ संस्थामा पत्राचार र अनुरोध गर्ने, वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दाहरूको निःशूल्क कानुनी उपचारका लागि सम्बन्धित निकायमा पहुँच बढाउन सहयोग, मृत्यु भएका र अङ्गभङ्ग भएका कामदारको हकमा सम्बन्धित निकायवाट क्षतिपूर्ति उपलब्ध गराउन आवश्यकता अनुसार सहजिकरण गर्ने जस्ता काम गर्दै आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी एवम् भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारिले अहिले वैदेशिक रोजगारीमा जाने चुनौतिक बिषय रहेको बताए । उनले वाध्यता र परिस्थितीका कारण बैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुले सुरक्षित तरिकाले सोचेर र बुझेर मात्रै बैदेशिक रोजगारमा जानु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा भरतपुर महानगर सामाजिक विकास शाखाका अधिकृत शान्ता कुमारी पौडेलले अहिलेको परिवेश, समाजको बाध्यता र परिवार पाल्नकै लागि मानिसहरु बैदेशिक रोजगारमा जाने गरेका छन । बैदेशिक रोजगारको जानै परेको अवस्थामा सुरक्षित तरिकाले जानु पर्ने उनको धारणा राखिन् ।
भरतपृुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, इच्छाकामना गाउँपालिकाको सहकार्यमा सुरक्षित आप्रवासन सामी कारुयक्रम गरिरहेको बताईन् । गत बर्षा देखी महानगरले बैदेशिक रोजगारमा गएकाका व्यक्तिको परिवार र उनिहरुको आर्थिक अवस्था कस्तो छ भन्ने बारे प्रत्यक वडा वडामा गणक खटाईएको बताइन् ।
तपाइँको प्रतिक्रिया