राष्ट्रियसभा बैठक भोलिका लागि सर्यो

काठमाडौं – संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक भोलिका लागि सरेको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेर ११ मिनेटका लागि सारिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
महासचिव गौतमका अनुसार राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
तपाइँको प्रतिक्रिया